भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मस्र्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त गरेकी छन्  । 

शुक्रबार  भारतीय पर्यटक सवार बस बिहान करिव साँढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 

सो घटनापछि शनिबार नेपाल आएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएकी हुन् ।  घाइतेको अवस्था जानकारी लिएसँगै उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट 
 गरेकी हुन् । 

गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गरेकी हुन् ।  उनले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिहरुलाई बचाउन सकिएको भन्दै प्रशंसा गरेको जानकारी दिइन्।  राज्यमन्त्री खड्सेले आफु शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उनले उल्लेख गरिन् । 

राज्यमन्त्री खड्से अब चितवन जाने र शवपनि भारत लिएर जाने मन्त्री लेखकले बताए ।  

प्रतिक्रिया