रूपन्देहीमा तीजको दर खाँदा २५ जनाभन्दा बढी महिला बिरामी
काठमाडौं । रूपन्देहीको देवदहमा तीजको दर खाँदा २५ जनाभन्दा बढी महिला बिरामी परेका छन् । देवदह–६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौं ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् ।
बिरामी परेकाहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएको छ । बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकल हल खैरेनीमा र ५ जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बिरामीहरुमा १ सय २ देखि १ सय ४ डिग्रीसम्म ज्वरो आउने गरेको छ । दर खाने कार्यक्रममा ३५ जना सहभागी भएका थिए ।
प्रतिक्रिया