बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री काठमाडौंमा

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते भएका यात्रुलाई भेट्न र मृतकको शव लिन भारतकी एक राज्यमन्त्री काठमाडौं आइपुगेकी छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान काठमाडौं आएकी हुन् । मन्त्री खडसे काठमाडौं आए लगत्तै दुर्घटनामा घाइते भइ उपचाररत यात्रुको स्वास्थ्य अवस्था बुझ्न टिचिङ अस्पताल महाराजगन्ज गएकी छन् । 

शुक्रबार भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ । शनिबार दिउँसो १२ बजेसम्म परीक्षण सकेर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ ।
 

प्रतिक्रिया