भारतमा बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

एजेनसी । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण २२ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 

बाढीका कारण त्रिपुरा राज्यमा करिब १७ लाख मानिस प्रभावित भएका छन् । बाढीले आवास, पूर्वाधार, सडक तथा कृषिमा गम्भिर क्षति पु¥याएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बाढी प्रभावित राज्यमा ४ सय ५० राहत शिविरहरू स्थापना गरी ६५ हजारभन्दा बढी मानिसहरूलाई शरण दिइएको छ । राज्यका नदीहरूको पानीको स्तर उच्च रहेको छ । बाढीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको बताइएको छ । 

बाढीका कारण भौतिक पूर्वाधार र कृषि बालीलगायतका क्षेत्रमा व्यापक क्षति भएको र बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पनि अवरुद्ध भएको समाचारमा उल्लेख गरीएको छ । 

प्रतिक्रिया