बंगलादेशमा भारी वर्षाका कारण १३ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा भारी वर्षापछि आएको बाढीका  कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बाढीका कारण ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले जनाएको छ । 

एक लाख ९० हजार प्रभावितहरूलाई आपतकालीन राहत शिविरमा राखिएको छ ।  बंगलादेशका ६४ जिल्लामध्ये ११ जिल्ला बाढीबाट प्रभावित भएको विपद मन्त्रालयले जनाएको छ ।

चितागङको मुख्य बन्दरगाह सहरबाट करिब एक सय  किलोमिटर  उत्तरपश्चिममा रहेको फेनी बाढीबाट सबैभन्दा बढी जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया