काँग्रेस बैठक : पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्ने

काठमाडौं । सत्तारुढ दल नपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सदस्यहरुले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।


शुक्रबार बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्य र पूर्वपदाधिकारीहरुको सरकारमा सशक्त उपस्थिति देखाउन जोड दिएका हुन् ।
 
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले पमा केन्द्रिय समितिको बैठकमा प्रश्तुत गरिएको विषयहरुमा छलफल जारी रहेको बताए । उनले समसामयिक विषयमा, सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने साथीहरुले आफ्नो उपस्थिति सशक्त देखाउने र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने कुराहरुमा जोड दिइएको बताए । 

उनले गठबन्धनलाई सफल बनाउने, नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विषयमा सदस्यहरु मत जाहेर गरेको बताए ।  उनले पार्टीबाट पदाधिकारी, संसद, प्रधानमन्त्री कति पटक हुने भन्नेकुरा समय सान्दर्भिक नरहेको मत बढी आएको बताए । त्यस्तै चुनावअघिको गठबन्धनको बारेमा पनि निर्वाचनताकाको आवश्यकताअनुसार सिद्धान्तमा रहेर गर्ने/नगर्ने कुराहरु टुंगो लगाउनुपर्ने आवाज सदस्यहरुको रहेको बताए । 

प्रवक्ता महतले वक्ताहरुले समानुपातिकता, समावेशिता, महिला, आदिवासी जनजातीको प्रतिनिधित्वको व्यवस्थाको मुल मर्म बिग्रिनु हुँदैन भन्नेमा जोड दिएको पनि बताए । बैठकमा नेताहरुले पार्टीले एक्लै जित्ने परिवेश बनाउनुपर्ने र पार्टीमा एकता कायम रहनुपर्ने बारेमा सदस्यहरुको जोड रहेको बताए । 

प्रतिक्रिया