एमपक्सको नयाँ भेरियन्टको जोखिम नेपालमा
काठमाडौं । विश्व स्वास्थ्य संगठनले केहि दिन अगाडि मात्रै विश्वव्यापी आपतकालको घोषणा गरेको एमपक्सको नयाँ भेरियन्टको जोखिम नेपालमा पनि देखिएको छ ।
अफ्रिकी मुलुक कंगो लगायतका देशमा तीव्र रुपमा फैलिएको एमपक्सको संक्रमण पाकिस्तानसम्म आइपुगेपछि नेपालमा पनि उच्च जोखिम बढेको हो । स्वास्थ्य मन्त्रालयले गत वर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा एमपक्स पुष्टि भएको भन्दै नेपाल यो रोगको जोखिममा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । देशभित्र संक्रमण फैलिन नदिन सीमा नाका र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उच्च सतर्कता अपनाइएको मन्त्रालयको भनाइ छ ।
एमपक्स बिरामीको प्रारम्भिक लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेसी र कम्मर दुख्ने, जिउ काम्ने र थकाइ लाग्ने हुन्छ । सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, शरीरका ग्रन्थी बढ्नेएमपक्सका लक्षण हुन् । एमपक्सबाट हुने मृत्युदर १० प्रतिशत भन्दा बढी पुगेको छ । एमपक्सलाई कम आँके कोरोना भाइरस महामारी भन्दा खतरा पैदा हुने मन्त्रालयले चेतावनी समेत दिएको छ ।
एमपक्सका कारण सन् २०२४ जनवरीदेखि हालसम्म कंगोमा ५ सय ४८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया