थामे हिमबाढी प्रभावितलाई काठमाडौं महानगरले २० लाख सहयोग गर्ने

काठमाडौ । सोलुखुम्बुको थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनका लागि काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । महानगरका मेयर बालेन शाहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको छ । 

हिमताल फुटेर आएको बाढीले प्रभावितलाई राहत र पुनःस्थापना कार्यका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय महानगरले गरेको छ।

प्रतिक्रिया