मर्स्याङ्दी बस दुर्घटना अपडेट: मृतकको संख्या २७ पुग्यो

काठमाडौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। ‘भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल २७ जनाको मृत्यु भएको हो

दुर्घटनास्थलबाट १६ जना घाइतेलाई उद्धार गरेर उपचारको लागि  नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । घाइतेहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट शुक्रबार दिउँसो मर्स्याङ्दी नदीमा खसेको थियो। बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए। उनीहरू सबै भारतीय नागरिक हुन् ।

प्रतिक्रिया