केरला हुँदै नेपाल प्रवेश गर्दै मनसुन

मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान

mansoon

नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंगलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको हो । दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले बुधबारसम्म मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको छ । मनसुन अहिले भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने बताईएको छ । चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने बताइएको छ ।

प्रतिक्रिया