राजनीति र समाज विकृतिले व्याप्त छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताएका छन् । 

शुक्रबार  काठमाडौंमा तिज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विकृति र विसंगतिका कारण हरेक परिवार र समाजलाई ठूलो समस्यामा पारेको उल्लेख गरे ।  उनले सामाजिक रुपमा अपहेलित भएका, महिला समुदायहरु यसबाट झनै बढी पीडामा परेको बताए । 

उनले विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार हुने गरेको बताए । उनले त्यस्ता विकृतिलाई परिवर्तन गर्नुपर्ने बताए । उनले देशमा उत्पादन नबढ्नु, रोजगारी नहुनुले विभिन्न समस्या सिर्जना भइरहेको बताए । उनले देशभित्र रोजगारी नपाएर विदेश जाने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताए । 

प्रतिक्रिया