राजनीतिमा पढेलेखेका र नैतिकवान व्यक्ति आएमात्रै देश बन्छः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिमा शिक्षित व्यक्तिहरु निर्वाचित हुनसके मात्रै देश समृद्ध बन्नसक्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा पढेलेखेका, नैतिकवान र सादगी मानिसहरु आउनसके मात्रै देश बन्नसक्ने बताए । उनले चुनाव जित्ने, सरकारमा जाने र मन्त्री बन्नेकुरा राणाकालदेखि नै हुँदै आएको बताए ।

 उनले  आधारभुत संरचनागत रुपान्तरण गर्नका लागि र जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउन सक्षम व्यक्तिको आवश्यकता रहेको उल्लेख गरे । उनले देशको सही नेतृत्व गर्न योग्यतासँगै इमान्दारिता आवश्यक रहेको बताए । 

पूर्वप्रधानमन्त्री भट्टराईले पछाडि फर्किने गरी संविधान संशोधन गर्न खोजेको भए प्रतिवादमा उत्रिने तर पहिचानका आधारहरुमा टेकेर संविधान संशोधन भए स्वागतयोग्य हुने बताए ।  
 

प्रतिक्रिया