मर्स्याङ्दी बस दुर्घटनाका घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइयो
काठमाडौ । तनहुँको आँबुखैरेनी नजिकै ऐनपहरामा बस दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका १२ जनालाई सेनाको एमआई १७ मा राखेर काठमाडौं ल्याइएको हो।
उनीहरूलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो।
तनहुँको आँबुखैरेनीमा भारतीय पर्यटक सबार बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट मस्र्याङ्दी नदी किनारमा खसेर दुर्घटना भएको हो । दुर्घटनास्थलबाट १९ जनाको उद्दार गरिएको छ । उद्दार गरिएकामध्ये घाइतलाई उपचारका लागि अस्पताल पठाइएको छ । आज विहान साढे ११ बजे तिर भारतीय नम्बर प्लेट भएको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदी किनारमा खसेको हो । बसका केही यात्रु मदीमा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी जारी राखेको छ । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा पर्दछ । बसमा ४१ जना सवार रहेको जनाइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
प्रतिक्रिया