परराष्ट्रमन्त्रीको भारत कूटनीतिक भेटवार्ता ‘ब्रिफिङ’ संसदभन्दा अगाडि पार्टीलाई

भारतको राम्रो रेस्पोन्स पाएको प्रतिक्रिया

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारत भ्रमणबारे पार्टीको बैठकमा ब्रिफिङ गरेकी छन् ।  पाँच दिने भारत भ्रमणबाट फर्केको भोलिपल्टै शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई पछिल्लो समय भएका कूटनीतिक भेटवार्ताबारे जानकारी गराएकी हुन् । संसदीय व्यवस्थामा सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीले विदेश भ्रमण गरी फर्केपछि त्यसबारे संसदलाई जानकारी गराउने अभ्यास हुन्छ । परराष्ट्रमन्त्री राणाले भने कूटनीतिक भेटवार्ता ‘ब्रिफिङ’ संसदलाईभन्दा अगाडि पार्टीलाई गरेकी हुन् ।

उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले सरकारप्रति भारतको राम्रो रेस्पोन्स पाएको बताइन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरले नेपालको विकासमा सहयोग गर्न प्रतिवद्धता जनाएको उनले बताइन् । 
आफूलाई जुन अगाडि बढाउन ‘ब्रिफिङ’ गरिएको थियो, ती सबै राखेर आएको दाबी उनले गरिन् । यसको ‘रेस्पोन्स’ पनि राम्रै भइरहेको उनले जनाइन् । शुक्रबार बिहान मात्र डुबान तथा बाढी व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिक (जेसीआईएफम)को बैठक बस्न भारतबाट पत्र आएको उनले बैठकलाई जानकारी दिइन् ।

पाँच दिने भारतको औपचारिक भ्रमण सकेर राणा हिजो फर्किएकी हुन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवाता गरेकी थिइन् । 

प्रतिक्रिया