मुस्ताङमा हिमपहिरोले बोक्से खोला थुनियो, सतर्कता अपनाउन अनुरोध

मुस्ताङ । मुस्ताङको थासाङ्ग गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो जाँदा खोला थुनिएको छ । हिमपहिरो आएर बोक्से खोला थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई  सतर्कता अपनाउन अनुरोध गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार हिमपहिरो बस्तीमाथि अड्किएको छ । 

पहिरोको जोखिमपछि ९ वटा घर भएको बस्तीबासीलाई  तीनवटै सुरक्षा निकायको सहयोगमा सारिएको छ ।  
 

 

प्रतिक्रिया