सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त
काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियामा बसको ठक्करबाट एक युवकको मृत्यु भएपछि हनुमाननगर बजार शुक्रबार बिहानैबाट तनावग्रस्त बनेको छ ।
बिहीबार साँझ पौने ७ बजे हनुमाननगर कंकालनी नगरपालपालिका–५ जोगनियास्थित भारदह–राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक हनुमाननगर कंकालिनी–७ का २२ वर्षीय धुरुप मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । घाइतेको मृत्युपछि आफन्त र स्थानीयले दोषीलाई कारवाही र परिवारलाई क्षतिपूर्ति माग गर्दैै प्रदर्शन गरेका हुन् । प्रहरीले भने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया