मर्स्याङ्दी बस दुर्घटना अपडेट: मेडिकल टिम सहित सेनाको हेलिकोप्टर दुर्घटनामास्थलमा
तनहुँ । पृथ्वी राजमार्गअन्र्तगत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामास्थलमा नेपाली सेनाको मेडिकल टिम सहितको टोली एमटी १७ हेलिकप्टरमार्फत प्रस्थान गरेको छ। घाइतेको उपचारका लागि नेपाली सेनाको मेडिकल टिम दुर्घटनास्थलतर्फ गएको हो ।
एमाआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थलतर्फ गएको नेपाली सेनाले जनाएको छ । शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको छ ।
बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । यात्रुबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया