मर्स्याङ्दी बस दुर्घटना अपडेट: १४ जनाको मृत्यु, १६ जना घाइते

काठमाडौँ । तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।   दुर्घटनामा १६ जना घाइते भएका छन्  ।  तनहुँको आँबुखैरेनीनजिकै  पोखराबाट काठमाडौं आउँदै गरेको  युपी ५३ एफटी ७६२३ नम्बरको  भारतीय नम्बर प्लेटको बस  ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको हो।बसका भारतको गोरखपुरबाट आएको हो ।

उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ।

बसका केही यात्रु मदीमा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी जारी राखेको छ । बसमा ४१ जना सवार रहेको जनाइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।। 

यात्रुहरूको नामावली

प्रतिक्रिया