अक्सफोर्ड विश्वविद्यालयको कुलपतिमा जेल जिवन बिताइरहेका इमरान खानको उम्मेदवारी

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका संस्थापक इमरान खान बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको कुलपतिमा चुनाव लड्ने भएका छन् । कुलपतिमा चुनावका लागि बन्दी जिवन बिताइरहेका खानले जेलबाटै आवेदन दिएका छन् ।

उम्मेदवारका रूपमा इमरानले अन्तिम म्यादको अन्तिम दिन अगस्ट १८ मा औपचारिक आवेदन दिएका हुन् । यो कुरा इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सोसल मिडिया प्लेटफर्म ‘एक्स’बाट दिएका हुन् ।

 ‘इमरान खानको निर्देशनअनुसार अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको निर्वाचनका लागि उनको आवेदन पेस गरिएको जुल्फी बुखारीले बताएका छन् । यस ऐतिहासिक अभियानमा हामीलाई तपाईंको साथ चाहिन्छ ।’ तर, धेरैको जिज्ञासा छ, पाकिस्तानका इमरान, त्यसमाथि जेलमा रहेका उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न किन आवेदन दिए रु

जुल्फी बुखारी भन्छन्, ‘ इमरान खान विगतमा ब्राडफोर्ड विश्वविद्यालयका कुलपति भइसकेका व्यक्ति हुन् र उनले यो महत्त्वपूर्ण जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरेका छन् । त्यसैले उनी यस पदका लागि सबैभन्दा योग्य व्यक्ति हुन्,  यस ऐतिहासिक अभियानमा हामीलाई तपाईंको साथ चाहिन्छ ।’  

उनले थपे, ‘उनको मुद्दा टुंगिँदै छ, यदि उनले चुनाव जिते भने सम्भवतः डिसेम्बरसम्म जिम्मेवारी सम्हाल्नेछन् ।’

पीटीआईले इमरान खानको यस निर्णयको पछाडिको उद्देश्यबारे कुनै जानकारी दिएको छैन तर, विश्लेषकहरू इमरान निर्वाचित भएमा यो ठूलो कुरा हुने तथा उनको राजनीतिक र कूटनीतिक प्रभाव हुने बताउँछन् ।

प्रतिक्रिया