नेपाली सेनामा २८० जना अधिकृत क्याडेट माग

नेपाली सेनाले सैनिक साधारण सेवा समुह अन्तर्गत २८० जना अधिकृत क्याडेट माग गरिएको छ । ।सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी)मा पदपूर्ति गर्नका लागि दरखास्त आव्हान माग गरिएको हो।

सेनाले खुलातर्फ १४७, महिला २४, आदिवासी/जनजाती ३८, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्र ६ र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्तती १४ गरी जम्मा २८० पदमा आवेदन खुला गरेको हो। 

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट http://nepalarmy.mil.np बाट अनलाइन आवेदन दिन सक्नेछन्। फारम भरी सो को प्रिन्टसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा पेस गर्नुपर्नेछ। आगामी असोज ६ गतेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया