भारतको उत्तराखण्डको पहिरोमा परी ४ जना नेपालीको मृत्यु

एजेन्सी । भारत उत्तराखण्डको पहिरोमा परेर चार जना नेपालीको मृत्यु भएको छ । उत्तराखण्डको रुद्रप्रयागमा भारी वर्षापछि फाँटा हेलिप्याड नजिकै पहिरोमा फसेर चार जना नेपाली नागरिकको मृत्यु भएको हो । 

मृतक चार जनाको नाम खुलेपछि थप विवरण खुल्न भारतीय प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मृत्यु हुने नेपालीमा तुलबहादुर, पूर्ण नेपाली, कृष्ण परियार र दीपक बराल रहेका छन् । शुक्रबार बिहान साढे एक बजेतिर उनीहरुलाई पहिरोले पुरेको बताइएको छ । 

उनीहरुलाई राज्य विपद् प्रतिक्रिया बल  र जिल्ला विपद् उद्धार बलको टोलीले उद्धार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृतकको शव प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया