साफ यु–२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्स भिड्दै

काठमाडौं । नेपालमा जारी साफ यु–२० फुटबल च्याम्पियनसिपमा शुक्रबार भारत र माल्दिभ्स भिड्नेछन् । खेल दिउँसो ३ बजे एन्फा खेल मैदान सातदोबाटो ललितपुरमा हुनेछ ।

समुह चरणको यो अन्तिम खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । समुह ‘बी’ मा भारत र माल्दिभ्ससँगै भुटान पनि सेमिफाइनलमा पुग्ने होडमा जिवित छ । भारत र भुटानले एक एक खेल जित्दा माल्दिभ्स जितविहीन छ । 

शुक्रबारको खेल माल्दिभ्सले जितेको खण्डमा समुहका सबै तिन टोलीको समान ३ अंक हुनेछ । यस्तोमा हेड टु हेडको आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । प्रतियोगिताको अर्को समुहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । 

बिहीबार भएको खेलमा बंगलादेशलाई २–१ ले हराएपछि नेपाल समुह विजेता तथा बंगलादेश उपविजेता बनेको हो । 

प्रतिक्रिया