भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज युक्रेन पुग्दै

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेन पुग्दै छन् । रुसी राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको केही सातापछि भारतीय प्रधानमन्त्री मोदी युक्रेनको किभ पुग्न लागेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुलाईमा मोदीले रुस भ्रमण गर्दा युक्रेन तथा अन्य पश्चिमा देशहरुले उनको चर्को आलोचना गरेका थिए । यसपटक युक्रेन भ्रमण गरेर मोदीले परराष्ट्र नीति र सम्बन्धलाई सन्तुलित बनाउने प्रयास गर्न लागेका हुन् । 

किभ भ्रमणमा मोदीले रुस–युक्रेन युद्ध अन्त्यको पहल गर्ने समाचारमा उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्रीको यो पहिलो युक्रेन भ्रमण हो । रुससँग बलियो सम्बन्ध भएको भारतले युक्रेन युद्धमा अहिलेसम्म रुसको आलोचना गरेको छैन । सैन्य तथा रक्षा उपकरण र तेल आयातमा भारत रुससँग निर्भर छ ।

प्रतिक्रिया