कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । 

यसअघि अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले शुक्रबार पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ । 

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री थापाले राखेको सांगठनिक र अर्का महामन्त्री शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने बताइएको छ । 

पार्टी कार्यालय सानेमामा बस्ने बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया