आरक्षणविरुद्धको आन्दोलनका क्रममा भएको हिंसाको अध्ययन गर्न संयुक्त राष्ट्रसंघको टोली ढाकामा

एजेन्सी । बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलनका क्रममा भएको हिंसाको अध्ययन गर्न संयुक्त राष्ट्रसंघको टोली ढाका पुगेको छ ।

टोलीले प्रदर्शनमा भएको मानवअधिकार उल्लङ्घनको समेत अध्ययन गर्ने छ । टोलीले अनुसन्धान प्रक्रियाबारे अन्तरिम सरकार र अन्य सरोकारवालाहरूसँग भेट गर्ने कार्यतालिका छ । मानवअधिकारको प्रवर्द्धनमा सहयोगका लागि सरकार र सरोकारवालका प्राथमिकता बुझ्नु नै यो टोलीको मुख्य उद्देश्य रहेको बताइएको छ ।

विद्यार्थीको आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै अगस्ट ५ मा हेलिकोप्टरबाट भागेर भारतको राजधानी नयाँ दिल्ली पुगेकी थिएन् । आन्दोलनका क्रममा ४ सय ५० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसैबीच, मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले शेख हसिना र अवामी लिग सरकारका पूर्व सांसदहरुको कूटनीतिक राहदानी खारेज गरेको छ । उनीहरुमाथि ४४ भन्दा बढी आपराधिक मुद्दा दर्ता भएकाले सरकारले राहदानी खारेज गरेको जनाएको छ ।

रुहसिनासहित पूर्वमन्त्री र पूर्वसांसदको राहदानी रद्दको प्रक्रिया अघि बढाउने समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया