अमेरिकामा नेपाली नर्स ममता बेपत्ता घटनामा उनकै श्रीमान् पक्राउ

एजेन्सी । अमेरिकामा हराइरहेकी ममता भट्टको खोजीमा खटिएको प्रहरीले उनकै श्रीमान् नरेशलाई नियन्त्रणमा लिएको छ । 

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको खोजीमा खटिएको प्रहरीले उनको श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ ।  प्रहरी मानासस पार्कका रहेको भट्ट बस्ने घरमा पुगेर उनलाई हत्कडी लगाएर घरबाट लिएर हिँडेको हो । 

प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगेको छ । प्रहरीले भट्टमाथि काफ्लेको हत्या गरेर शव बेपत्ता बनाएको आरोप लगाएको छ । घरमा गरिएको फरेन्सिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । 

प्रहरीले थप विषयमा छलफल अनुसन्धान भैरहेको जनाएको छ । भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन । ममता गत साउन १६ देखि हराएकी थिइन । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए । 

उनीबारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो । एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन् । 
 

प्रतिक्रिया