रवि लामिछानेसँग आज सहकारी छानबिन समितिले बयान लिने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग शुक्रबार बयान लिने तयारी गरेको छ ।  

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले शुबmबार बयानका निम्ति बोलाएबो हो । समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोगमा संलग्न आरोपितहरूलाई बयान लिने क्रम अन्तिम चरणमा लामिछानेसँग छलफल गर्न लागेको हो । सो सहकारीबाट लामिछानेले पटक–पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ ।

लामिछानेले आरोप अस्वीकार गर्दै आएका छन् । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानीको आरोप लगाइएका रास्वपाकै सहमहामन्त्री विपीन आचार्यसँग समितिले आइतबार बयान लिएको छ । 

समितिले सहकारीका सबै आरोपितसँग सोधपुछ गरिरहेको छ । सहकारीको रकम ठगीका आरोपितलाई कारबाहीको माग गर्दै संसद्को काम–कारबाही प्रभावित भएपछि गत जेठ १५ गते संसदीय समिति गठन गरिएको थियो । 

समितिले तीनमहिने कार्यावधि पाएको थियो । समितिले समायावधिभित्रै सभामुखसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया