थाइल्यान्डमा ९ जना यात्रु सवार विमान दुर्घटना

एजेन्सी । थाइल्याण्डको राजधानी नजिकै ९ जना सवार विमान दुर्घटना भएको छ ।

जहाज थाइल्यान्डको बाङ पाकोङ जिल्लास्थित चाचेङसाओको मानग्रोभ जंगलमा दुर्घटनाग्रस्त भएको हो । थाइल्यान्डको नागरिक उड्ययन प्राधिकरणका अनुसार एफएल ३६० एरो कलसाइनको थाई फ्लाइङ सर्भिस सेस्ना क्याराभान सी२०८ (एचएस-एसकेआर) जहाज ९ जना यात्रुसहित उडेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सुवर्णभूमि विमानस्थलबाट बिहीबार २ बजेर ४६ मिनेटमा उडेको यो जहाज दिउँसो ३ बजेर १८ मिनेटमा दुर्घटनामा परेको हो । जहाजमा सात यात्रु र दुई पाइलटहरू रहेका थिए । उक्त जहाज दुर्घटनास्थलमा कोही पनि जीवित नभेटिएको समाचारमा उल्लेख छ । 

जहाजमा रहेकाहरुमा हङकङका पाँच जना, चिनियाँ पर्यटक दुई जना र थाई पाइलट र को-पाइलट रहेको बताइएको छ । 

प्रतिक्रिया