युक्रेनद्वारा रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण

एजेन्सी । युक्रेनले रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण सुरू गरेको छ । पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट मस्कोमा आक्रमण गरेको बताएको छ । 

रुसको रक्षा मन्त्रालयले युक्रेनले आक्रमणका क्रममा ११ वटा ड्रोन खसालेको र त्यसमध्ये एउटा युक्रेनले प्रहार गरेकोमध्ये अहिलेसम्मकै ठूलो रहेको जनाएको छ । मस्कोलाई लक्षित गरेर प्रहार गरेका केही रकेट र ड्रोनलाई ३८ किलोमिटर परको पोडोल्स्क शहरमा खसालेको रुसले जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ड्रोन आक्रमणबाट कुनै क्षति वा मानवीय हताहत भएको छैन । मस्कोमा भएको आक्रमणपछि भ्नुकोभो, डोमोडेडोभो र जुकोवस्की विमानस्थलमा रातभर अस्थायी प्रतिबन्ध लगाइएको थियो तर, तीन वटै विमानस्थल अहिले सामान्य अवस्थामा सञ्चालनमा आएका छन् । रुसले यो आक्रमणको उपयुक्त जवाफ दिने चेतावनी दिएको छ ।
 

प्रतिक्रिया