शीर्ष नेताहरुका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदव गौतमले शीर्ष नेताहरुका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । 

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताए । 

उनले नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्ने बताए। उनले जहाँ पनि कम्युनिष्ट—काँग्रेस मिल्न आवश्यक नरहेको बताए । उनले राजनीतिक दलहरुले जनताको अधिकार अपहरण गरेको बताए। उनले नागरिकको मानसिक शोषण गर्ने अधिकार कसैलाई नरहेको पनि बताए । 

सांसद गौतमले शासन आफ्नो हातमा लिन जे पनि गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताए । 

प्रतिक्रिया