धान आत्मनिर्भरका लागि कार्यक्रम सञ्चालित छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उनले हाल करिब दुई लाख हेक्टर क्षेत्रफलमा चैते धानको खेती गर्न सकिने र अपुग १० लाख मेट्रिक टन धान उत्पादन गरी आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालित रहेको उल्लेख गरे ।  

प्रधानमन्त्री ओलीले सरकारले खाद्यान्नको आत्मनिर्भरताका लागि चैते धान प्रवर्द्धन, मसिना तथा बास्नादार धान प्रवर्द्धन, मकै वाली प्रवर्द्धन कार्यक्रमको साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुपरजोन /जोनहरु निर्धारण गरी कार्यक्रम सञ्चालन गरेको जानकारी गराए । 

“धेरै आयात हुने तरकारी बालीमा आलु र प्याज उत्पादनलक्षित कार्यक्रमहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत् तरकारी तथा आलुको चार वटा सुपरजोन, ५६ वटा तरकारीका जोनमार्फत ९१ वटा स्थानीय तहमा तरकारी खेती प्रवर्द्धनका लागि पकेट कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने । 
 

प्रतिक्रिया