भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘सांसदहरुले जे भन्छन् त्यही हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरुले गर्ने प्रधानमन्त्रीको भनाई छ ।

 राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ । समितिमा र संसद बैठकमा सांसदहरुले हदम्याद राख्न नहुने आवाज उठाइरहेका बेला सञ्चारकर्मीहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसदमा पनि छलफल गर्ने र संसदको निर्णयअनुसार विधेयक अघि बढ्ने बताए ।

प्रतिक्रिया