प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  भदौ १३ गतेदेखि अवकासमा जान लागेका प्रहरी अधिकृतहरुले बुधबार दायर गरेको संयुक्त रिट निवेदनमा न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले ३० वर्षमा अवकास पाउने प्रहरी नियमावलीको कार्यान्वयन नगर्न भनेको छ।न्यायाधीश फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू समेत भनेको छ। 

सर्वोच्चले उनीहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू नगराउनू र प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनेको छ।  

प्रहरी बरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले  १५ दिनभित्र लिखित जवाफ मगाउने आदेश समेत गरेको छ।

 

प्रतिक्रिया