संविधान सबैको सहमतिमै संशोधन हुन्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाएका हुन् । 

उनले सङ्घीयता कार्यान्वयनपश्चात साविकमा रहेका जिल्लास्थित केही कार्यालयको काम स्थानीय तह र प्रदेशमा गएको जानकारी गराए  ।

 प्रदेशले जिल्लास्थित साविक कार्यालयबाटै कृषि, पशु विकास, स्वास्थ्य, सहरी पूर्वाधार,  खानेपानीलगायतका क्षेत्रमा सेवा दिइरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्घीय सरकार मातहत रहेर गृह र भूमिप्रशासन, शिक्षा विकास तथा समन्वय, पूर्वाधार विकासका क्षेत्रमा जिल्ला सदरमुकामस्थित कार्यालयबाटै सेवा दिइरहेको बताए । 

उनले सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउने, पुँजिगत खर्च क्षमता अभिवृद्धि गर्ने,  सम्पन्न भएका आयोजनाको भुक्तानी गर्ने, उखु, दूध उत्पादक कृषकको भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको बताए । 


 

प्रतिक्रिया