माओवादी पार्टी होइन, प्रचण्ड अस्थीर हुन् : राणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदय शमसेर राणाले पुष्पकमल दाहाल प्रचण्डको धोखाकै कारण एमालेसँग मिलेर सरकार बनाउन बाध्य भएको  बताएका छन् ।

 एभिन्यूज खबरको कार्यक्रम बिशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा राणाले प्रचण्डले अस्थीर चरित्रका कारणनै कांग्रेस र एमालेको मिलन भएको बताए । एक प्रश्नको उत्तरमा उनले कांग्रेसको समस्या माओवादी पार्टीसँग नभइ केवल प्रचण्डसँग मात्रै रहेको उल्लेख गरे । कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएपनि प्रचण्डकै कारण  सरकारको नेतृत्व गर्नबाट पछि हटेको बताए ।

आफू माओवादीको मतदाता समेतबाट मत पाएर निर्वाचित भएको भन्दै कांग्रेस सांसद राणाले समग्र माओवादी पार्टीप्रति कुनै दोष लगाउन नचाहेको भनाइ राखे ।  राणासँगको बिस्तृत कुराकानी आज बिहिबार राति ९ बजेको एभिन्यूज खबरमा प्रसारण हुनेछ ।    

प्रतिक्रिया