प्रधानमन्त्री ओलीको दाबी: उद्योगको लाइन नकाटी बक्यौता उठाइन्छ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने बताएका छन्। संसदमा सांसदको प्रश्नको जवाफ दिँदै ओलीले एक रुपियाँ पनि नछाडी उठाउने प्रतिबद्धता जनाएका हुन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै ओलीले एक रुपियाँ पनि नछाडी उठाउने प्रतिबद्धता जनाएका हुन्।

बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन कोटेको प्रति असन्तुष्टि जनाए। ओलीले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन। चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ।’
उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि बताए। उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको बताए।

प्रतिक्रिया