पीडितहरुले न्याय पाउँदैनन् भनेर परिस्थितिलाई भड्काउन खोजिदैछः सांसद न्यौपाने

काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले पीडितहरुले न्याय पाउँदैनन् भनेर परिस्थितिलाई भड्काउन खोजिएको बताइन् । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)  विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले मानव अधिकारको उल्लंघन र गम्भीर उल्लंघनको विषय विधेयकमा उल्लेख गरिएको भन्दै नियतपूर्वक, स्वेच्छाचारी हत्या, जबरजस्तीकरणी र यौन हिंसा गम्भीर मानव अधिकार उल्लंघनको विषय भएको बताइन । उनले गम्भीर मानव अधिकार उल्लंघनका मुद्दामा पीडितले माफी दिन चाहे पनि माफी दिन नमिल्ने र अदालती प्रक्रियामा गएर न्याय निरुपण हुने बताइन् ।  

सांसद न्यौपानेले अयोग्य लडाकुहरुलाई पनि राहत उपलब्ध गराउँदै परिपूरणको हकलाई विधेयकमा सुनिश्चित गरिएको बताइन् । 

प्रतिक्रिया