सबैलाई सत्ता चाहिएको छ, देशमा शिक्षाको स्थिति नाजुक छः प्रथम राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको  टिप्पणी गरेका छन् । 

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले यस्तोृ बताएका हुन् ।  पूर्व राष्ट्रपति यादवले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरु नपाइने समस्या विद्यमान रहेको भन्दै त्यसमा सरकारको ध्यानाकर्षण गराए । पूर्व राष्ट्रपति यादवले  एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुतीर्ण हुनु यसकै नतिजा रहेको बताए ।  नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने यादवको भनाई थियो ।

यादवले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गरे ।  सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको भन्दै सबै राजनीतिक दलहरु सत्ताका लागि मरिहत्ते गरिरहेको यादवले उल्लेख गरे ।  

पूर्व राष्ट्रपति यादवले सबै मिलेर कोलाहल मच्चाउने काम भइरहेको बताउनु भयो । उहाँले देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट आउने गरेको भन्दै यस्तै प्रकारले देशमा समाजवाद नआउने बताउनु भयो । 

प्रतिक्रिया