विश्वविद्यालयमा अशान्ति गराउनेलेनै शान्ति भएन भन्ने ? प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले विश्वविद्यालयमा अशान्ति गराइरहेकाले  पढाइ भएन भनेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले विद्यालय शान्ति क्षेत्र हुनुपर्नेमा ती ठाउँमा अशान्ति फैलाउने काम गर्ने र अशान्त भयो भन्नेले यस्ता गतिविधि बन्द गरिनुपर्ने बताए । 

“ताला अरूले लगाउन आउने त होइन, आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने रु विद्यालय, विश्वविद्यालय, महाविद्यालय शान्तिक्षेत्र हुनुपर्ने,” प्रधानमन्त्री ओलीले भने, “ती ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरि शान्ति भएन भन्ने रु त्यस्ता तरिका हरेकले छोड्नुपर्छ ।”

प्रतिक्रिया