रवि लामिछानेलाई संसदीय समितिले सोधपुछका लागि बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले  सोधपुछका लागि बोलाएको छ ।
लामिछानेलाई तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समिति सभापति सूर्य थापाका अनुसार लामिछानेलाई भोलि शुक्रबार दिउँसो २ बजे  सोधपुछका लागि समितिमा बोलाइएको हो ।

प्रतिक्रिया