सर्वोच्चमा प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन दायर भएको रिटमा सुनुवाइ जारी

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सुनुवाइ जारी छ । 

बुधबार प्रहरीमा ३० वर्षे सेवा अवघि हटाउन माग गर्दै वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाइ दायर भएको रिटमा प्रहरी सङ्गठनमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको छ । 

नेपाल प्रहरीमा ९० जना अधिकारी यही भदौ १५ गतेदेखि ३० वर्षे सेवा अवधिसम्बन्धी प्रावधानका कारण अनिवार्य अवकाशमा जाँदैछन् । उमेर हद बाँकी नै रहे पनि सेवा अवधि ३० वर्ष पुगेका कारण अवकाशमा जानुपर्ने भएपछि उनीहरुले सर्वोच्चमा रिट दायर भएको हो ।
 

प्रतिक्रिया