कांग्रेस-एमालेमाथि सांसद सिंहको कटाक्ष : त्रिविको जग्गा आधाआधा बाँडेर पार्टी कार्यालय बनाउनू

काठमाडौं । सांसद अमरेश सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा आधाआधा बाँड्नू भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले त्रिविको सम्पत्तिमा पार्टी कार्यालय बनाउनू भन्दै व्यंग्य गरे ।

“त्रिभुवन विश्वविद्यालयको दशा दुईवटा दलले गरेको छ । दुई दलले आधाआधा सम्पत्ति बाँडौँ र पार्टी अफिस बनाऔँ,” उनले भने ।

उनले दुई दलले विद्यार्थीलाई विदेश लखेटेको भन्दै पार्टीका नाममा जग्गा दर्ता गराए हुने बताए  उनले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न नहुनेमा पनि जोड दिए । “पाँच वर्षको समय दिएर भ्रष्टाचारीलाई जोगाउन खोजिएको हो ? यो राख्नु हुँदैन,” उनले भने ।

प्रतिक्रिया