त्रिविमा असुरक्षा छ भन्ने लज्जास्पद कुरा गर्न सरकारलाई  सुहाउदैन: सांसद दाहाल

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा दिन  सरकारसँग माग गरेका छन् ।   बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले त्रिविमा के भएको हो के सत्यतथ्य सांसदहरूले थाहा पाउनुपर्ने भन्दै सुरक्षा दिन माग गरेका हुन् । उपकुलपतिदेखि रजिस्ट्रारसमेत सुरक्षाको कारण देखाएर बिदामा बसेको बताउँदै उनले त्यहाँ के भएको हो भन्नेबारेमा सदनमा जानकारी गराउन माग गरे। 

 त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि आक्रमणको प्रयास भएको र धम्की आएको बताउँदै बुधबार शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत नै आग्रह गरेर गृहमन्त्रीलाई त्रिविमा सुरक्षा व्यवस्थाको प्रबन्ध गरिदिन आग्रह गरेकी थिइन्। 

सरकारले नै त्रिविमा असुरक्षा भयो भन्ने लज्जास्पद हुने सांसद दाहालले बताए।  राजनीतिक समस्या भए वार्ताबाट र गुण्डागर्दी हो भने कानुनी प्रक्रियाबाट नियन्त्रण गर्न भन्दै सांसद दाहालले कुनैपनि हालतमा त्रिविमा असुरक्षा छ भन्ने लज्जास्पद कुरा गर्न सरकारलाई नसुहाउने बताए । 

प्रतिक्रिया