खडेरीले जनजीवन कष्टकर भएपछि पानी माग्दै बर्षा वृष्टि यज्ञ

लामो समयदेखि परेको खडेरीका कारण प्राणी जगतलाई समस्या भएको भन्दै धरानको पिण्डेश्वर मन्दिरमा ब्राम्हणले यज्ञ गरेका छन् । लगातारको खडेरीका कारण पानी नपर्दा प्राणी जगतलाई नै समस्या परेको भन्दै भगवान शिवलाई पानी पारिदिन अनुरोध गर्दै होमका साथै यज्ञ गरिएको हो ।
लामो खडेरीका कारण सम्पूर्ण प्राणी जगत, चराचुरुंगीलाई समस्या परेको भन्दै धरानको  पिण्डेश्वर मन्दिरमा ब्राम्हणहरुले यज्ञ गरेका छन । २७ जना व्राम्हणले प्रजन्य ‘बर्षा वृष्टि गर्ने’ यज्ञ गरेका हुन् । भगवान शंकरको आरधना गर्दै यज्ञको आरम्भ गरिएको पण्डितहरुले बताएका छन । विगतमा समेत लामो समय खडेरी पर्दा प्रजन्य यज्ञ लगाउने गरिएपनि विस्तारै यस्तो प्रथा हराउदै गएकोमा ब्राम्हणहरुले निरन्रतता दिएका हुन ।  
व्राम्हणको सहभागितामा गरिएको स्वस्फूर्त रुपमा ब्राम्हणले गरेको यज्ञवाट पानी पर्ने विश्वास लिइएको हो । यज्ञपश्चात पक्कै पानीपर्ने विश्वास ब्राम्हणहरुको छ । २५ बर्ष अगाडि धरानको शिव मन्दिरमा यस्तै प्रकारको खडेरी हुदा ब्राम्हणहरुले प्रजन्य यज्ञ लगाएपछि पानी परेको स्थानीय बताउछन । 
पिण्डेश्वर मन्दिर अगाडि यज्ञ स्थल नै बनाएर ब्राम्हणहरुले तप र तप गर्दै पानी मागेका हुन । यज्ञका क्रममा २७ जना ब्राम्हण गुरुद्वारा रुद्री पाठ, रुघु रुद्री पाठ, चण्डी पाठ, वेद पाठ, हनुमानको जप, नागको जप गरेका थिए । व्राम्हणले होम गरेपछि पानी पर्ने स्थानीयको विश्वास छ ।
 

प्रतिक्रिया