नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिका दोस्रो दिनको बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय, पपेरिसडाँडामा बुधबारदेखि सुरु भएको बैठक आजसम्म चल्ने बताइएको छ । बैठकमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रत्येक सदस्यहरूलाई ५/५ मिनेटको समय दिइएको छ । बुधबारको बैठकमा ४१ जना सदस्यले धारणा राखेका थिए । 

 १ सय २० सदस्यीय समितिमा बिहीबार बाँकीले धारणा राख्ने कार्यसूचि छ । बिहीबार नै  सदस्यहरूले उठााएका प्रश्नको जवाफ अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले दिने बताइएको छ ।  बुधबार अध्यक्ष  दाहालले एमालेसँग विगतमा सहकार्य गर्नु गलत भएको बताएका थिए ।

काँंग्रेससँग सहकार्य लामो समय जान नसक्ने निष्कर्ष निकालेर वाम एकताका लागि एमालेसँग सहकार्य गरेको तर नियत बुझ्न नसकेको उनको भनाइ थियो । ओलीले धोका दिएको उल्लेख गर्दै उनले वामपन्थी एकताको विषय छाड्न नहुने बताएका थिए । माओवादी आफैं सरकार बनाउन नलाग्ने उल्लेख गर्दै सरकारले माओवादी खोज्नुपर्ने दाहालले बताएका थिए । बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले पार्टीमा विधि र पद्धति नहुँदा नीतिभन्दा नेता हाबी भएको टिप्पणी गरेका थिए । 

प्रतिक्रिया