भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद रास्वपालाई मान्य छैन: रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टीलाई हदम्याद स्वीकार नहुने बताएका हुन्।

सामाजिक सञ्जालमा सचेत युवाहरूले भ्रष्टाचारमा हदम्यादको प्रावधान राख्न लागिएकोबारे चिन्ता व्यक्ति गरेको भन्दै उनले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद आफ्नो पार्टीलाई स्वीकार नहुने बताए । कतै यो विधेयक पास हुने त होइन भनेर ती युवामा संशय रहेको बताउँदै रास्वपालाई भ्रष्टाचरको मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने बताए। 

‘नो इफ नो बट, हाम्रो कुरा क्लियरकट ! पाँच वर्षे हदम्याद लागु हुने छैन,’ उनले भने, ‘दुई दलको सरकार भएपछि के परिस्थिति आउला, सचेत हुनुहोला भनेर मैले भनेको थिएँ। आज म निर्धक्क भएको छु।’

उनले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भन्दै आफूलाई फोन आएको पनि बताए।
 


 

प्रतिक्रिया