सुनको मूल्य तोलामा ११ सयले घट्यो

काठमाडौं ।  स्थानीय बजारमा सुनको मूल्य बिहीबार तोलामा एक हजार एक सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएकामा बिहीबारका लागि एक लाख ५१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँचले कम भई आज  एक हजार आठ सय ३० रुपैयाँ  मा कारोबार भएको छ । 
 

प्रतिक्रिया