'टीआरसी' संशोधन विधेयक सच्चाउन माग गर्दै बानेश्वरमा प्रदर्शन

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयकमा रहेका कमजोरी सच्चाउन माग गर्दै  विभिन्न १९ वटा  द्वन्द्व पीडित सङ्घ संस्थाले  प्रदर्शन गरेका छन् । सत्य, न्याय र परिपूरण अधिकारका पक्षधर द्वन्द्व पीडित समुदायले प्रतिनिधि सभाबाट साउन २९ गते पारित संशोधन विधेयक राष्ट्रिय सभाबाट सच्चाउन माग गर्दै बिहीबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
 
‘संशोधन विधेयक पारित गर्दा हत्या, अंगभंग र अपाङ्ग बनाउने घटना, यातनालाई गम्भीर मानव अधिकार उल्लङ्घन अन्तर्गत समावेश गर्न, शान्ति सम्झौता, अन्तरिम संविधान र विद्यमान ऐनमा समेत समावेश गरिएको मानवता विरुद्धको अपराधलाई समावेश गर्न एवम् घटी सजाय गर्न सक्ने आवश्यक आधार ऐनमा व्यवस्था गरेर सजाय निर्धारण गर्ने अदालतको अधिकार सुनिश्चित गर्ने गरी ऐन संशोधन गर्नुपर्दछ’, पीडितहरूले बनेका छन् ।

यसरी प्रदर्शन गर्नेहरूमा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल,अपाङ्गता भएका द्वन्द्व पीडितहरूको राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित राष्ट्रिय सञ्जाल,राष्ट्रिय स्मृति सञ्जाल,माओवादी पीडित राष्ट्रिय सङ्घर्ष समिति, बेपत्ता परिवार समाज नेपाल द्वन्द्व प्रभावित सरोकार केन्द्र दाङ, न्यायका लागि द्वन्द्वपीडित समाज, नेपाल माओवादी पीडित सङ्घ, द्वन्द्व व्यवस्थापन तथा विस्थापित सरोकार केन्द्र, द्वन्द्वपीडित अपाङ्ग सङ्घ दोलखा, बाँदरमुढे घटनापीडित सरोकार समितिलगायत छन् । 


 

प्रतिक्रिया