युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिक मारिएकोे युक्रेनको दाबी

एजेन्सी । रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी युक्रेनले गरेका छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टले २०२२ फेब्रुअरीमा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रुसी सैनिक मारिएको जनाएको हो । 

साढे दुई वर्षमा युक्रेनले ८ हजार ५ सय २२ रुसी ट्याङ्क, १६ हजार ५ सय ४२ बख्तरबंद गाडी, १७ हजार २ सय १६ आर्टिलरी प्रणाली, १ हजार १ सय ६६ रकेट प्रणाली र ९ सय २८ वायु रक्षा प्रणाली नष्ट गरेको समाचारमा उल्लेख छ । त्यस्तै, ३ सय ६७ हवाईजहाज, ३ सय २९ वटा हेलिकप्टर, ३ सय ६६ रकेट ध्वस्त गरेको दाबी पनि युक्रेनी सेनाको छ । साथै एक जहाज र एक पनडुब्बी ध्वस्त गरेको युक्रेनले दाबी गरेको छ ।

विगत साढे दुई वर्षदेखि रुसी आक्रमणको सामना गर्दै आएको युक्रेनी सेनाले अहिले जवाफी हमला सुरु गरेको छ । अगस्ट ६ मा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार पछिल्लो १५ दिनमा युक्रेनी सेनाले रुसको कुर्स्कका ९२ गाउँ कब्जा गरेको छ ।

प्रतिक्रिया