अभिनेता विपीन कार्कीलाई मातृशोक
काठमाडौं । अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ ।
कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो ।
पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या भएपछि उनको केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।
बिपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको बताइएको छ ।
प्रतिक्रिया